काठमाडौ, चैत ६ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम छ । चाँदीको मूल्य गत साताको शुक्रबार प्रतितोला १३ सय ८५ रुपैयाँ थियो ।























