काठमाडौं, चैत ७ । नेपाली बजारमा आज सुनको मूल्य सोमबार सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको जानकारी दिएको हो ।
अघिल्लो दिन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९९ हजार ५ सय कायम छ । यस्तै, आज तेजावी सुन पनि सोही दरमा नै बढेर तोलाको ९९ हजार कायम गरिएको छ ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।























