काठमाडौं, चैत ८ । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले उनलाई मंगलबार यो अवार्डबाट सम्मानित गरेको हो ।
उनको प्रशिक्षणमा नेपाली टिमले ठूलो प्रतियोगिता जित हासिल गरेको छ । उनी राष्ट्रिय टिमको प्रशिक्षक रहँदा नेपाल डिभिजन पाँचदेखि विश्वकपसम्म पुगेको थियो । एकदिवसीय मान्यता दिलाउन पनि उनले नेपाली टिममा ठूलो भूमिका खेलेका छन् ।
दशककै सर्वाधिक सफल प्रशिक्षकले सम्मानित भएपछि उनले यो सम्मान आफूलाई सहयोग गर्नेहरु प्रति समर्पण गरेको बताएका छन् । उनले आफ्नो क्रिकेट टिम, संघ, राखेप र मन्त्रालयलाई धन्यवाद दिएका छन् । उनले परिवारलाई दिने समय कटाएर क्रिकेटलाई समय दिएको बताए ।
४२ वर्षे लामो समयमा उनले क्रिकेटमा धेरै कुरा गरेको बताएका छन् ।























