काठमाडौं, चैत ९ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा सुनको मूल्य आज ११ सयले घटेको हो ।
हिजो मंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ११ सयले घटेसँगै प्रतितोला ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, हिजो प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९८ हजार ७०० रुपैयाँ छ ।
यता, चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ ।























