काठमाडौ, चैत ११ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजावी सुनको मूल्य पनि आज प्रतितोला १ लाख ४ सय रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मूल्य समेत प्रतितोला २५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । बिहीबार प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १४ सय रुपैयाँ कायम भएको हो ।























