काठमाडौं, चैत ११ । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपाल ६ रनले पराजित भएको छ । पीएनजीले दिएको २ सय ९२ रनको विशाल लक्ष्य नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २८६ रनमा समेटिएको हो ।
नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ब्यक्तिगत १२६ रनको योगदान गरेका थिए । ओपनर ब्याट्सम्यान अनिल शाहले ६ रन जोडेका थिए । त्यस्तै देव खनाल शून्य रनमा, कुशल भुर्तेल ३२ रन, दिपेन्द्रसिंह एरी १५ रन, आरीफ शेख ३४ रन, भिम सार्की १७ रनमा आउट भएका थिए ।
टस हारेर ब्याटिगंको निम्तो पाएको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाउँदै नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको थियो । यसअघि युएईमा पनि नेपालले पीएनजीसँग खेलेको थियो । सो खेलमा पनि नेपालले जित निकालेको थियो ।























