काठमाडौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले आइभरीकोस्टलाई २–१ ले पराजित गरेको हो ।
फ्रान्सका लागि २२ औँ मिनेटमा ओलिभर जिरउड तथा इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा चोउमेनीले गोल गरेका हुन् । आइभरीकोस्टका लागि १९औँ मिनेटमा पेपेले एक गोल फर्काए । चेल्सी तथा आर्सनलका पूर्व स्ट्राइकर ओलिभर जिरउडले राष्ट्रिय टिमबाट सर्वकालीन कीर्तिमानी गोलको कीर्तिमानमा बराबरी गर्ने तर्फ अर्को सफलता हाँसिल गरेका छन् ।
फ्रान्सका सर्वाधिकगोलकर्ता थिएरी हेनरीको कीर्तिमान पार गर्नबाट जिरउड अब मात्रै पाँच गोलले पछि छन् । जिरउडले फ्रान्सका लागि ४७ गोल गरिसकेका छन् । थिएरीले ५१ गोल गरेर कीर्तिमान बनाएका थिए ।























