काठमाडौं, चैत १५ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ थियो । जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ । मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ कायम छ ।
यसैगरी, यता आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँ कायम भएको छ ।























