काठमाडौं, चैत १६ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ९४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६० पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ७२ पैसा र बिक्री दर १५९ रुपैयाँ ५० पैसा छ ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५४ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९५ पैसा र बिक्री दर ९१ रुपैयाँ ४० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ६३ पैसा छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०४ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा रहेको छ ।
यस्तै, कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९३ पैसा रहेको छ ।
यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























