काठमाडौं, चैत १६ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता पहिलो खेलमा पीएनजीमाथि सहज जित निकालेको मलेसिया नेपाललाई हराउँदै फाइनलको दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।
नेपाल र मलेसियाबीचको इतिहास हेर्दा नेपाल बलियो छ । ६ पटकको खेलमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ । घरेलु मैदानमा भइरहेको शृंखला नेपाल आफ्नो पक्षमा गर्ने योजनामा छ । यता मलेसिया पनि घरेलु टोलीलाई हराउँदै प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गर्ने योजनामा छ ।























