समाज सेवाकाे नाममा भ्रष्टाचार
प्रत्येक स्थानीय तहका जनप्रतिनिधि ज्युहरुले भन्छन् , दिलाउने हकअधिकार ।
समाजलाई सेवा गर्नुकाे नाममा गर्दैछन्, भ्रष्टाचार ।।
जनताकाे पसिना र कमाईकाे पैसाले गर्दैछन राज ।
आफ्नाे पार्टी र आफ्नाे फेबरकाे ब्यक्तिलाई दिलाउछन सबै अधिकर ।।
समाजलाई सेवा गर्नुकाे नाममा गर्दैछन्, भ्रष्टाचार ।
नेपाल सरकारले सबैलाई दिएकाे छ, समानताकाे अधिकार ।
समाजलाई सेवा गर्नुकाे नाममा बढदै गएकोछ, भ्रष्टाचार ।।
काम र सहयोग गर्ने थाेरै, बजेट पचाउने धेरै यी हुन हकअधिकार ।
समाज सेवा गर्ने जनप्रतिनिधि र समाजसेवी ज्युहरुले गर्दैछन भ्रष्टाचार ।।
विकास निमार्ण र अन्य कार्यक्रमकाे लागि छुट्टयाइएको छ आर्थिक बजेट ।
तर के गर्ने त्याे बजेटलाई समाज सेवाकार्यमा खर्च गरेर सिध्याउनलाई कुनै आफ्नै संस्था वा ब्यक्तिकाे बनाईएकाे छ पकेट ।।
बाेल्नेकाे पिठो बिक्छ नबाेल्नेकाे चामल पनि बिक्दैन रे । तर, राजनिती र समयले ठिक उल्टो बनाईदिएछ हे भाई यहात बाेल्नेकाे केहि हुदैन, नबाेल्नेकाे सबै हुन्छ । गर्नु पर्छ मात्र पार्टी र नेताकाे प्रचार । यस्तै भईरहेकाे छ, विकास कार्य ।।
समाज सेवा गर्ने जनप्रतिनिधि र समाजसेवी ज्युहरुले गर्दैछन भ्रष्टाचार ।।
यी कुराले नै जनाउछ हकअधिकार ।
आज भाेलि नवलपरासीमा पनि हुदै छ भ्रष्टाचार ।।
लेखक : महेश यादव























