काठमाडौं, चैत १६ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । नेपालले मलेसियालाई ७.४ ओभर बाँकी छँदै ६ विकेटले खेल जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर ११७ रन जोडेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको थियो ।
नेपालका लागि दिलिप नाथ नटआउट रहँदै १५ रन र कुशल मल्लले २ रनको योगदान गरे । त्यस्तै आशिफ शेखले ५५, दिपेन्द्रसिंह ऐरीले २१ रन, रोहित पौडेलले १२ रन तथा कुशल भुर्तेलले १ रन जोडे ।
त्यस्तै नेपालका लागि करन केसी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए । भने कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।























