काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।























