Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा मंगलबारदेखि शुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र २३, २०७८ मा प्रकाशित

रबिन्द्र यादव
नवलपरासी । नवलपरासीमा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि शुभारम्भ भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका- ९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमका बीच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले शुभारम्भ गर्नुभएको हो ।

टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, विद्यालय प्रअ नारद ठाकुर, स्वास्थ्य कार्यालयका कोल्ड चैन निरीक्षक त्रिलोकी सिंह, लेखा अधिकृत नारायण भट्टराई, प्रतापपुर स्वास्थ्य शाखा हे.अ विनोद कुमार कोहार, प्रतापपुर स्वास्थ्य चौकी इन्चार्ज गीता अर्याल र स्वास्थ्यकर्मी लगायतका उपस्थिति थियोे ।

प्रतापपुर गाउँपालिकामा ४० वटा खोप केन्द्रबाट विद्यालय भित्र र विद्यालय बाहिरका करिब १६ हजार ४ सय ४ बालबालिकालाई उक्त खोप दिइने प्रतापपुर गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ ।

प्रतापपुर गाउँपालिकाले लक्षित उमेर समुहका कुनै पनि बालबालिका टाइफाइड रोगविरुद्धको खोप लिनबाट नछुट्टुन भनेर प्रचारप्रसारमा तिब्रता दिएको छ । पालिकाले रेडियो पत्रपत्रिका, सरोकारवालासंगको अन्तरक्रिया र माइकीङ्ग गरि प्रचारप्रसार गरिरहेको छ ।

चैत २२ गतेदेखि देशैभर सुरु भएको टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा पनि शुरुआत भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका ओमप्रकाश पन्थीका अनुसार नवलपरासी पश्चिमका सबै सात वटै पालिकाका १५ महिनादेखि माथि र १५ वर्ष मुनिका ८६ हजार जना बालबालिकालाई टाइफाइड विरुद्धको टीसिभी खोप लगाइने भएको जानकारी दिए ।

जिल्लाको ३ सय २२ खोप केन्द्र स्थापना गरि तोकिएको लक्षित उमेर समुहका सबै बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने उनको भनाइ छ । भौतिक उपस्थिति अनुसार विद्यालयले तथ्यांक नदिएकाले जिल्लामा लक्षित समुहका बालबालिकाको संख्या बढ्न सक्ने संभावना देखिन्छ । टाइफाइड रोगविरुद्धको अभियान दक्षिण एसियामा पहिलोपटक संचालन गरिएको हो ।

टाइफाइड रोगको संक्रमण जुनसुकै उमेरका व्यक्तिहरुमा हुने सर्ने भएपनि १५ महिना देखि १५ बर्ष मुनिका बालबालिकाहरुमा संक्रमण दर बढ्ने र यो रोगको जटिलता उच्च देखिएकोले लक्षित उमेर समुहलाई प्राथमिकतामा सरकारले राखेको हो । टाइफाइड रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा दुषित खाना र पानीले सर्ने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो अभियान सफल बनाउन जनस्वास्थ्य कार्यालय परासीले माइक्रो प्लानपरिगंङ, प्रत्येक संस्थाबाट खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम, संचारकर्मी तथा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको जनाएको छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.