काठमाडौं, चैत २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको प्रति लिटर मूल्य १६० र डिजेल–मट्टितेलको प्रती लिटर १४३ रुपैयाँ कायम गरिएको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम गरिएको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकाले भाउ बढाइएको निगमको भनाइ छ ।
यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।
























