Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

ए डिभिजन लिगबाट मच्छिन्द्र क्लब बाहिरियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र २३, २०७८ मा प्रकाशित

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कपअन्तर्गत प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको छ ।

दशरथ रंगशालामा मच्छिन्द्रले श्रीलंकाली लिग च्याम्पियन ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दा २–१ ले पराजित भयो । सोमबार ब्लु स्टारलाई दोस्रो चरणमा पुर्‍याउने क्रममा मोहमद इसान र सेनाल सन्देशले एक–एक गोल गरेका थिए । ब्लु स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो ।

नेपालबाट प्रतिनिधित्व गरेको मच्छिन्द्रले मध्यान्तरपछि एक गोल फर्काएको थियो । कप्तान सुजल श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, मच्छिन्द्रले प्रतिस्पर्धामा थप गोल गर्न नसक्दा एएफसी कपको प्रारम्भिक छनोट चरणबाटै बाहिरियो ।

खेलको २४औँ मिनेटमा ब्लु स्टारले १–० को अग्रता लियो । इसानले ब्लु स्टारलाई अग्रता दिलाएका हुन् । मिडफिल्डर फिजलको फ्रिकिकमा इसानले सहजै गोल गर्न सफल भए । एक गोलले पछाडि परेको मच्छिन्द्रले खेलमा नियन्त्रण गुमायो ।

मैदानमा सम्हालिन नपाएको मच्छिन्द्रविरुद्ध ब्लु स्टारले खेलको २८औँ मिनेटमा २–० को अग्रता लियो । सन्देशले ब्लु स्टारलाई दोस्रोपटक अग्रता दिलाएका हुन् । डिबक्सभित्र मच्छिन्द्रका डिफेन्डर रन्जित धिमालले क्लियर गर्न नसकेको बललाई सन्देशले गोल गरेका थिए । नेपालको लिग च्याम्पियन मच्छिन्द्रले मध्यान्तरअघि खेलमा पकड जमाउन सकेन ।

तर, पहिलो हाफमा मच्छिन्द्रले केही राम्रा गोल अवसर चुकाएको थियो । दोस्रो हाफमा मच्छिन्द्रले ब्लु स्टारमाथि दबाब बनाएको थियो । खेलको अन्तिम इन्जुरी समयमा सुजलले मच्छिन्द्रलाई २–१ को अन्तरमा झारे । उनले मनीष डाँगीको क्रसमा गोल गरेका थिए ।

यसअघि नवौँ मिनेटमा विमल घर्तीमगरको पासमा नुर्लान नोभ्रुजोभले ब्लु स्टारका गोलरक्षकविरुद्ध वान भर्सेस वानको अवस्थामै गोल गर्न चुके ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.