काठमाडौँ, चैत १३ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ नमूना परीक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ३५८ जनाको पिसिआर गर्दा १० र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । आज ५७ जना संक्रमित निको समेत भएका छन् भने हाल देशभर ७ हजार ६५ जना सक्रिय संक्रमित छन् ।























