काठमाडौ, चैत २९ । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो । बढेको मूल्यसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ १ लाख ४ सय रुपैयाँ पुगेको छ ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।























