काठमाडौं, बैशाख ०२ । पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ९०३ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा देशभर ५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३८ छ ।
नेपालमा हालसम्म पीसीआर परीक्षणबाट नौ लाख ७८ हजार ६४८ जना र एन्टिजेन विधिबाट एक लाख ४० हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।























