काठमाडौं, बैशाख ४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्री दर १३२ रुपैयाँ १४ पैसा कायम गरिएको छ । पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ९१ पैसा र बिक्री दर १५९ रुपैयाँ ६९ पैसा छ । यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९९ पैसा र बिक्री दर १२९ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ०९ पैसा र बिक्री दर ९० रुपैयाँ ५३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ९९ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०८ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ ।
यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।























