बुटवल । सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ । प्रतितोला ५०० सय बढेर तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार कायम गरिएको छ ।यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५०० थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ४२० पुगेको महासंघले जनाएको छ ।
बजारमा सुनचाँदीको आयातमा बैंकहरुले एलसी नखोलेपछि यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आवद्ध २०औं हजार व्यवसायी तथा लाखौं कालिगडको रोजीरोटी नै संकटमा पर्न सक्ने महासंघले जनाएको छ। विवाहको मौसम भएकाले सुन तथा चाँदीको माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८५ डलर आसपास कारोबार भइरहेको छ ।























