काठमाडौं, वैशाख १२ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख दुई सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।























