काठमाडौं, बैशाख १३ । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।
घटेको मूल्यसँगै अघिल्लो दिन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै, हिजो प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९८ हजार ८०० रुपैयाँ कायम छ ।
यसैगरी, आज चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघका अनुसार हिजो प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ ।























