काठमाडौं, बैशाख १८ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला ९९ हजार २०० मा कारोबार भएको छापावाला सुन आज घटेको मूल्यसँगै प्रतितोला ९९ हजार तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुन पनि सोही दरमै घटेर प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ ।
जसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर रु एक हजार ३०० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।























