काठमाडौं, बैशाख २८ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।























