Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सलमानको कार्यक्रम फेरि दोश्रो पटक रद्द

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ११, २०७९ मा प्रकाशित

काठमाडौ । ओडीसी इन्टरटेन्मेन्टले बलिउड स्टार सलमान खानलाई ल्याएर राजधानीको दशरथ रंगशालामा दबंग टुर रिलोडेड नामक कार्यक्रम आयोजना गर्ने नाममा करोडौंको टिकट बेचिसकेपछि अन्तिम समयमा आएर फेरि पनि सो कार्यक्रम रद्द गरेको छ।

ओडीसी इन्टरटेन्मेन्टले हिता ग्रुपसँगको संयुक्त आयोजनामा सो कार्यक्रम गर्ने भन्दै महँगा दरका कराडौं रुपियाँको टिकट बिक्री गरिसकेपछि आगामी जेठ १४ गतेका लागि तोकिएको कार्यक्रम रद्द गरको हो।

आयोजकले सो कार्यक्रमका नाममा विभिन्न माध्यमबाट ५, १०, १५ र २५ हजार दरका हजारौं टिकट बिक्री गरिसकेको स्रोतले जानकारी गराएको छ। ओडीसीले केही वर्षअघि पनि सलमानलाई ल्याएर सो कार्यक्रम आयोजना गर्ने नाममा करोडौंको टिकट बिक्री गरेको थियो। तर, अन्तिम समयमा आएर कार्यक्रम रद्द गरेको थियो। जसका कारण आयोजक सीमान्त गुरुङ टिकट ठगी काण्डमा परेका थिए। स्रोतका अनुसार सलमान खान र उनको टोलीको माग पँरा गर्न नसकेका कारण कार्यक्रम फेरि रद्द भएको हो।

तर, आयोजकले यसबारे औपचारिक जानकारी भने दिइसकेका छैनन्। उनको कार्यक्रमका लागि आयोजकले संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रभावित पारी उनलाई अभिनेता खानसँग भिडियो कलमा कुराकानीसमेत गर्न लगाएका थिए। उनले सलमानका लागि सगरमाथामा ब्रेकफास्टको अफरसमेत गरेका थिए। कार्यक्रमको तयारीका लागि सलमानका भाइ सोहेल खानले नेपाल आई मन्त्री आलेका साथ सलमानको सुरक्षाका लागि सयौं सुरक्षाकर्मीको माग गरेका थिए।

यसअघि, सोही कार्यक्रमका लागि बलिउड नायिका ज्याकलिन फर्नान्डिजले समेत नेपाल आउने कार्यक्रम रद्द गरेकी थिइन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.