Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रसिद्ध भारतीय गायक केकेको निधन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ १८, २०७९ मा प्रकाशित

काठमाडौं । प्रसिद्ध भारतीय गायक कृष्णकुमार कुन्नाथ को ५३ वर्षको उमेरमा निधन भएको छ। केकेको नामबाट परिचित उनको कोलकातामा हृदयाघातका कारण निधन भएको हो।

कोलकाताको नजरुल मञ्चमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने क्रममा गायक केकेको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि उनी होटेल फर्किएका थिए। त्यहाँ उनी खसेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उनलाई राति करिब साढे १० बजे कलकत्ता मेडिकल रिसर्च इन्स्टीट्युटमा लगिएको थियो। त्यहाँ पुगाउने बित्तिकै डाक्टरले उनलाई मृत घोषित गरिदिएका थिए।

अस्पताल पुगेका राज्य मन्त्री अरूप विश्वासले पत्रकार केकेको मृत्युबारे पुष्टि गरेका छन्। उनले केकेको मृत्युको कारण हृदयाघात भएको डाक्टरले बताएको जानकारी दिएका छन् । तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी र गुजराती फिल्ममा उनले थुप्रै गीतमा स्वर भरेका छन्। उनी गुरुदास कलेजको एक कार्यक्रममा सहभागी हुन कोलकाता आएका थिए।

केकेले ‘हम दिल दे चुके सनम’ मा गाएको ‘तडप तडप के इस दिल से’, ‘‌ओम शान्ति ओम’ मा गाएको ‘आँखो मे तेरी’ जस्ता गीतलाई श्रोताले निकै मन पराएका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केकेको निधनप्रति दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा केकेको अचानक निधन भएको खबरले आफूलाई दुखी तुल्याएको बताए।

‘गायक कृष्णकुमार कुन्नथ जसलाई मानिसले केकेको नामले चिन्थे। उनको अचानक भएको मृत्युको खबरले दुखी छु। उनका गीतमा फिन्नाभिन्नै भाव देख्न सकिन्थ्यो। उनका गीतले प्रत्येक उमेर समूहका मानिसको मन छुन्थ्यो। उनलाई गीतको माध्यमबाट सम्झिरहने छौं। उनीप्रति मेरो संवेदना,’ उनले लेखेका छन्।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.