काठमाडौं, जेठ २२ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । यसअघि, गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । गत साताको शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।























