काठमाडौं, जेठ २२ । पछिल्लो २४ घन्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ९ लाख ६७ हजार १ सय ३७ पुगेको छ ।
हाल नेपालमा १ सय १० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।























