Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बिना पाठ्यपुस्तक कक्षा सञ्चालन, विद्यार्थीको गुनासो कसले सुन्ने?

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ २४, २०७९ मा प्रकाशित

रुकुमपूर्व, जेठ २४ गते । रुकुमपूर्वका विद्यालयमा पाठ्यपुस्तकबिनै पठनपाठन सुरु हुँदा असहज भएको भन्दै विद्यार्थीको गुनासो बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि अधिकांश विद्यार्थीसँग पाठ्यपुस्तक छैन ।

जेठ महिना सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । शिक्षा विकास तथा समन्वय एकाइ रुकुमपूर्वका प्रमुख तिलक गौतमले जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मका सम्पूर्ण पाठ्यपुस्तक रुकुमकोट पुगेको बताउनुभयो । उहाँले पुगेका पाठ्यपुस्तक अर्को सातासम्म सबै विद्यालयमा पु¥याइसक्ने बताउनुभयो । विद्यालयसम्म पाठ्यपुस्तक नपुगेपछि अधिकांश विद्यालयमा विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको विद्यार्थीको गुनासो छ ।

जिल्लामा ११६ वटा सामुदायिक विद्यालय छन् । एकाइ प्रमुख गौतमले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक भने अपूरो आएको बताउनुभयो । त्यही अपूरो किताब पनि विद्यालयसम्म पुगेका छैनन् । जिल्लामा २० हजारभन्दा बढी बालबालिका विद्यालयमा भर्ना भएका छन् । कतिपय विद्यालयमा विद्यार्थी भर्ना हुने क्रम जारी नै छ तर पाठ्यपुस्तक भने न्यून मात्रामा आएका छन् । आएका किताब पनि अपूरो आएको सिस्ने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले जानकारी दिनुभयो ।

किताबबिना पढाइ प्रभावित बनेको खबर गाउँपालिकामा आएको बताउनुहुँदै शाखा प्रमुख बुढाले जिल्लामै किताब नपुगेकाले समस्या भइरहेको र सकेसम्म छिटै वितरण गर्नेगरी किताब पु-याउन जिल्लास्थित डिलरलाई ताकेता गरिएको बताउनुभयो । यसै शैक्षिक शत्रदेखि कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएको छ । पाठ्यपुस्तक परिवर्तन भएकाले पुरानाबाट पनि पठनपाठन गर्न मिलिरहेको छैन । सिस्ने गाउँपालिका–१ स्थित माध्यमिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले किताब नहुँदा कसरी पढाउने भन्नेमै अन्योल भएको बताउनुभयो । पाठ्यपुस्तक परिवर्तन भएकाले पनि पुराना किताबबाट पढाउन नमिलेको उहाँको भनाइ छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.