Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

अमेरिकासँग नेपाल ३९ रनले पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७९ मा प्रकाशित

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकाका भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग ३९ रनको हार ब्यहोरेको छ । बिहीबार बिहान सम्पन्न भएको खेलमा २ सय ४६ रनको लक्ष्य पाएको नेपाली टोली १४ बल खेल्न बाँकी रहँदा २ सय ६ रनमा समेटिएको हो।

नेपालका लागि आरिफ शेखले ६३, सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६, कुशल भुर्तेलले १० र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए। आरिफ र सोमपालबीच छैटौँ विकेटका लागि सतकीय साझेदारी भएपनि नेपालले हार टार्न सकेन। ९३ रन जोड्दा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि एक सय ६ रनको साझेदारी गरेको हो। एक सय ९९ रन जोड्दा नेपालको उक्त साझेदारी तोडिएको थियो।

४५औँ ओभरको चौथो बलमा सौरभ नेत्रभल्करले आरिफलाई आउट गरेपछि नेपाल संकटमा परेको थियो। नेपालल‍े ७ रनका लागि अन्तिम पाँच विकेट गुमाएको थियो। आदिल खान ४, करन केसीले १ रन बनाएभने सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।

अमेरिकाका नेत्रभल्कर र अलि खानले तीन तीन विकेट लिए। त्यसअघि टस हारेपछि ब्याटिङको जिम्मा पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो। अमेरिकाको पालीमा गजानन्द सिंहले ५८, सुशान्त मदानीले ५४, आरोन जोन्सले ४३ र सैतेजा मक्कामल्लले ३६ रन बनाए। ८ रन जोड्दा दुई विकेट गुमाएको अमेरिकाले तेस्रो विकेटका लागि ८८ र पाचौँ विकेटका लागि ८५ रनको साझेदारी गरेको थियो।

नेपालका करनले ३, सन्दीपले २ तथा सोमपाल र दीपेन्द्रले एक एक विकेट हात पारेका थिए। नेपाल १६ खेलबाट १५ अंक जोडेर तालिकाको पाचौँ स्थानमा छ। २४ खेलबाट २३ अंक भएको अमेरिका चौथोमा छ। ३६ खेलबाट ओमानको ४४, स्कटल्यान्डको २० खेलबाट २८ र यूएईको २२ खेलबाट २६ अंक रहेको छ।

नामिबियाको १४ खेलबाट १४ र पीएनजीको २० खेलबाट २ अंक छ। नेपालले प्रतियोगिताअन्तर्गत आगामी जुलाई स्कटल्यान्डमा अर्को त्रिकोणात्मक शृंखला खेल्दै छ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved