Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भूमिहीनलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न गृहमन्त्री खाँणको निर्देशन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७९ मा प्रकाशित

बुटवल, असार ४ । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीन सुकुमबासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका छन् ।मन्त्री खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

शनिबार बुटवल राष्ट्रिय भूमि आयोगले आयोजना गरेको जिल्ला समितिका पदाधिकारीहरुका लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जति सक्दो चाँडो भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन उनले आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाँणले स्थानीय तहका जनप्रतिनिधिलाई पनि आयोगका कामकारबाहीमा सहयोग गर्न आग्रह गरे ।

‘सरकारले के गर्नुपर्छ, बजेट कति चाहिन्छ, सुरक्षा व्यवस्था मिलाउनुपर्ने हो कि, सबै काम गर्न सरकार तयार छ’, उनले भने, ‘भूमिहीनलाई जग्गाको मालिक बनाउने काममा स्थानीय सरकारको पनि ठूलो सहयोग चाहिन्छ । स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्न चाहन्छु पूर्ण सहयोग गर्नुहोला ।’

उनले भूमिहीनसम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको र अन्त्य हुनेमा विश्वास पनि व्यक्त गरे ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved