Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ७, २०७९ मा प्रकाशित

काठमाडौं, असार ७ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा ऐन चाँडो संसद्मा ल्याउन र विद्यालय तहका पाठ्यपुस्तक अभाव हुन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पुनः निर्देशन दिएको छ ।

समितिको मंगलबारको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल, मन्त्रालयका सचिव यादव कोइराला, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिल झालगायतसँग छलफल गरेपछि सभापति जयपुरी घर्तीले सो निर्देशन दिएका हुन् । शैक्षिकसत्र सुरु भइसकेको दुई महिना बितिसक्दा पनि विद्यालय तहका सबै पाठ्यपुस्तक उपलब्ध नभएको विषयमा समितिका सदस्यले सरकार र सम्बन्धित पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

समितिले यसअघि जेठ ११ गतेको बैठकमा वैकल्पिक उपायबाट गरेर भए पनि समयमा पाठ्यपुस्तक उत्पादन र वितरण गर्न तथा सोबारे सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय गरी आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव हुन नदिन निर्देशन र सुझाव दिएको थियो । हाल कक्षा १ देखि ३ सम्म निजी प्रेस र कक्षा ४ देखि १० सम्म जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएका छन् ।

बैठकमा शिक्षामन्त्री पौडेलले सबै विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध होस् भनेर आफूले हरेक दिन जनक शिक्षा केन्द्रमा फलोअप गर्ने गरेको, जिल्ला र विभिन्न पक्षबाट पाठ्यपुस्तक उपलब्धताको स्थितिको विवरण लिएर अभाव भएको पाइएमा सम्बोधनका लागि सम्बन्धित निकायलाई तत्काल भन्ने गरेको अवगत गराएका थिए । उनले निजी क्षेत्रका मुद्रकले सबै कक्षाका पाठ्यपुस्तक छाप्न सक्ने जनाएर अनुमति मागेको भए पनि सरकारी स्वामित्वको जनक शिक्षालाई मेसिन थप गरेर काम दिनु उचित लागेकाले केन्द्रलाई नै मुख्य जिम्मेवारी दिइएको बताए ।

सांसद मानबहादुर विश्वकर्मा, योगेश भट्टराई, सरिता न्यौपाने, जीवनराम श्रेष्ठ, हितबहमादुर तामाङ, अञ्जना विसंखे, जगतबहादुर विश्वकर्माले बर्सेनि समयमा पाठ्यपुस्तक उपलब्ध नहुनु लाजमर्दो भएकाले भरपर्दो र वैकल्पिक एवं दीर्घकालीन समाधानका उपाय ल्याउन तथा जनक शिक्षाको प्रशासनिक र व्यवस्थापकीय सुधार गर्न आग्रह गरे । बैठकमा प्रबन्ध सञ्चालक झाले लक्ष्यभन्दा बढी पाठ्यपुस्तक माग भएको र समयमा छपाइ कागज उपलब्ध नहुँदा उत्पादन ढिलाइ भएको र अब लक्ष्यको पाँच प्रतिशत पुस्तक छाप्न बाँकी रहेको जानकारी दिए ।

मन्त्री पौडेलले नयाँ संविधानअनुसार सङ्घीय शिक्षा ऐन र अन्य चार शैक्षिक विधेयकका मस्यौदा तयार गरी अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायत निकायमा पठाउँदा समयमा राय तथा समर्थन प्राप्त नभएकाले ती विधेयक संसद्मा पेश गर्न नसकिएको उल्लेख गरे । विधेयक छिटो ल्याउन समिति, सञ्चारकर्मी र सबै पक्षले सहयोग गर्नुपर्ने मन्त्री पौडेलको भनाइ थियो । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.