Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

विराटनगर महानगरपालिकाको बजेट आज सार्वजनिक गरिँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १०, २०७९ मा प्रकाशित

विराटनगर । प्रदेश १ को एउटा मात्रै महानगरपालिका विराटनगरको बजेट आज (शुक्रबार) सार्वजनिक गरिँदै छ। मेयर नागेश कोइरालाको नेतृत्वमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरिने भएको हो। बजेट ३ अर्ब ५० करोड हाराहारीको हुने बताइएको छ। चालू आर्थिक वर्ष २०७८/०७९ का लागि विराटनगर महानगरपालिकाले ४ अर्ब ६० करोड ८१ लाख बराबरको बजेट ल्याएको थियो।

चालूभन्दा आगामी आर्थिक वर्षका लागि झण्डै १ अर्ब कमको बजेट ल्याउन लागिएको महानगरले जनाएको छ। मेयर कोइरालाले बजेट ३ अर्ब ५० करोडदेखि ३ अर्ब ६० करोडको बीचमा आउने बताए। उनका अनुसार बजेटमार्फत करको दर घटाइने छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअघि नै कोइरालाले आफ्नो कार्यकालमा करको दर घटाउने र दायरा बढाउने घोषणा गरेका थिए। करको दर घटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय महानगरले गरिसकेको छ। कार्यदलको सिफारिसका आधारमा कर समायोजना हुने बताइएको छ।

महानगरले शुक्रबार नै नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्ने छ। नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि आगामी आर्थिक वर्षको बजेट पेश गरिने भएको हो। विराटनगर महानगरसहित १७ वटा स्थानीय तह रहेको मोरङका केही पालिकाले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।

अधिकांशको भने शुक्रबार नै नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारी छ। स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी नीति, कार्यक्रम एवं बजेट प्रस्तुत गरिसक्नुपर्ने र असार मसान्तभित्र पारित गर्नुपर्ने व्यवस्था छ। अन्नपूर्ण पोष्टबाट साभार

ताजा समाचारहरु

IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.