Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटकको मिर्गौला प्रत्यारोपण सफल

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १०, २०७९ मा प्रकाशित

पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इतिहासमा पहिलो पटक गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको छ । अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले मिर्गौला प्रत्यारोपण पहिलो चरणमा सफल भएको जानकारी दिए ।

चिकित्सकको दुईवटा टोलीले ५० वर्षीय महिलामा मृगौला प्रत्यारोपण गराएको थियो । निर्देशक डा खत्रीका अनुसार ती विरामीकै श्रीमानको मिर्गौला मिल्ने देखिएपछि पोखरा र काठमाडौंको चिकित्सक टोलीले प्रत्यारोपण गराएको हो ।

मृगौलाका लागि दुईवटा चिकित्सक टोली हुने खत्रीले जानकारी दिए । एउटा टोलीले मृगौला निकाल्ने र अर्को टोलीले प्रत्यारोपण गर्दछन् । ‘प्रत्यारोपणको पहिलो चरण सफल बताए । विरामीको पिसाब राम्ररी निष्कासन भएको जानकारी पाएको पनि बताए । ति महिला ५ वर्ष अगाडिदेखि नै मिर्गौलाको बिरामी रहेकी थिइन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा पोखरामै पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्न सफल भएको हो । उनको प्रत्यारोपण निशुल्क गरिएको हो । डा: खत्रीका अनुसार अब एक दुईवटा प्रत्यारोपण निशुल्क गरिनेछ । त्यसपछि मिर्गौला प्रत्यारोपणका लागि ५ लाख रुपैंया दिने सरकारको नीति अनुरुप सरकारबाट शुल्क लिएर प्रत्यारोपण गरिनेछ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघीय सरकार माहतह पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको छ । अब पोखरामा नियमित मिर्गौला प्रत्यारोपण गराउने प्रतिष्ठानको तयारी छ । मिर्गौला प्रत्यारोपणमा डा। प्रकाश क्षेत्री, डा. अनुप चापागाईं डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसी तथा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सहितको टिम सहभागी थियो । यो सफलतासँगै यस क्षेत्रका विरामीलाई मिर्गौला प्रत्यारोपणका लागि काठमाण्डौ, चितवन वा भारतसम्म पुग्नुपर्ने बाध्यता हट्ने विश्वास डा. खत्रीले गरे ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.