काठमाडौं । भृकुटीमण्डपमा २०७९ असार १० गते देखि १३ गतेसम्म चार दिवसीय शिक्षा मेला कान्तिपुर मिडिया प्रा. लि. र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) को आयोजनामा भइरहेको छ।
उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको यस शिक्षा मेलामा राजधानीमा रहेको अब्बल कलेजहरुको सहभागिता रहेको छ। मेलामा उपस्थित विद्यार्थीहरुलाई आकर्षित गर्न आ-आफ्नो कलेजको विशेषताको बारेमा परामर्श गरिएको पाइएको छ।
त्यसैगरी मेलाको विभिन्न कलेजका प्रतिनिधिहरूसंग संक्षिप्त कुराकानी गर्दा मेलामा विद्यार्थीहरुले आफूले पढ्न खोजेको विषयको बारेमा जानकारी लिने गरेका छन् । मेलामा आकर्षणको केन्द्रबिन्दुमा रहेको जेभियर इन्टरनेशनल कलेजका प्राचार्य दिपेन दाहालसंग छोटो अन्तरवार्ताको क्रममा विद्यार्थीको रोजाइमा जेभियर इन्टरनेशनल कलेज किन भनेर प्रश्न गर्दा कलेजका प्राचार्यले जेभियरको शैक्षिक यात्रादेखि आजसम्मको सफलताको विषयमा प्रष्ट पार्नु भएको छ ।
सोही क्रममा यस वर्ष जेभियर इन्टरनेशनल कलेजबाट ४६ जनाले ईन्जिनियरिङ् इन्ट्रान्समा र ४३जना विद्यार्थीहरुले एमबिबिएसको इन्ट्रान्समा नाम निकाल्न सफल भएको जानकारी गराउनु भएको थियो । ए-लेभलमा वर्ल्ड टप र यस वर्ष कम्प्युटर र गणितमा नेपाल टप गर्न सफल भएको जानकारी पनि गराउनु भएको थियो। ४ दिन हुने कार्यक्रम १३ गते समापन हुने भएको छ ।























