Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बेनी नगरपालिकाका सबै वडामा भवन निर्माण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १८, २०७९ मा प्रकाशित

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ। ४ वटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन्।

बेनीमा वडा नम्बर ७ र ८, अर्थुङ्गेमा ६ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको नगरपालिकाका इञ्जिनीयर विमलरञ्जन कार्कीले जानकारी दिए।

‘बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघि नै भवन थिए,’ उनले भने, ‘बहुवर्षे क्रमागत योजनाअन्तर्गत ४ वटा नयाँ भवन निर्माण चालू आर्थिक वर्षमा सकिएका हुन्।’

आर्थिक वर्ष २०७६/७७ मा अर्थुङ्गेमा सुरू भएको वडा नम्बर ६ को भवन निर्माण कार्य चालू आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको २० लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत पूर्णता दिइएको हो।

पात्लेखेत र वाखेत गाउँको सिमानामा २० लाख रुपैयाँ खर्चेर गत वर्ष निर्माण भएको १० नम्बर वडाको ३ कोठे एकतले भवनमा चालू वर्ष विनियोजन भएको ९ लाख रुपैयाँ बजेटबाट सभाहल बनाएको वडाध्यक्ष मसविर रोकाले बताए।

बेनीको सामुदायिक चोकमा अघिल्ला २ आवमा तयार पारिएको वडा नम्बर ७ को भवनको संरचनालाई चालू आवमा विनियोजन भएको ८ लाख रुपैयाँ बजेटबाट ठेक्कामार्फत प्लास्टर, रङरोगन, विद्युत्, पानी जडान गरेर पूर्णता दिइएको हो।

नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनर्निर्माण गरेर ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको छ। नगरपालिकाले गत वर्ष क्याम्पस चोकको भलबाढी ब्यवस्थापन गर्न एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो।

क्याम्पस चोकका वासिन्दाले २१ लाख रुपैयाँ संकलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए। अधिग्रहण भएको घरको भुइँतलामुनि भूमिगत नाला बनाएर बाढी व्यवस्थापन गरिएको छ। भुइँतलाको सटरसहित तीन वटा कोठा भाडामा लगाइएको छ।

पहिलो तलाको ३ वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो। भवन पुनर्निर्माण गरेर कार्यालय स्थापना गर्न चालू आवमा १० लाख रुपैयाँ खर्च भएको छ। नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

वडा नम्बर ६ बाहेकको अन्य सबै भवन प्रयोगमा आइसकेका छन्। गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो। प्रशासकीय भवनमा आगामी आवमा तला थप गर्न बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले बताए। रासस

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved