रुपन्देही, असार ३१ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
अघिल्लो दिन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ८०० रुपैयाँले नै घट्दै ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा ३५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।























