Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

एन्फा कार्यसमिति बैठक स्थगित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन ५, २०७९ मा प्रकाशित

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। बिहीबार विहान एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको छ।

बैठकमा विभिन्न १८ वटा एजेन्डामा छलफल हुने तय भएको थियो। यसअघि सोमबार बस्ने तय भएको दोस्रो केन्द्रीय कार्यसमिति एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङ बिरामी भएपछि बिहीबारका लागि बोलाइएको थियो।

अध्यक्ष पंकजबिक्रम नेम्बाङ र अरू पदाधिकारीबीच असहमति भएपछि बैठक स्थगित गरिएको हो। महिला साफ च्याम्पियनसिप आयोजना, पदपूर्ति समिति, नेपाल सुपर लिग, विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण आयोजना, राष्ट्रिय लिग आयोजना, सहिद स्मारणक ए, बी र सी डिभिजन लिगको मिति घोषणा, ललित स्मृति यू-१८ प्रतियोगिता, एन्फा प्रवक्ता नियुक्ति र प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको एजेन्डामा छलफल हुने तय भएको थियो।

यी एजेन्डामध्ये सिईओ नियुक्तिको विषय पेचिलो बनेको थियो। भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफ्ना छोरा गौरव थापालाई सिईओ बनाउन कसरत गरेका थिए। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तथा उपाध्यक्ष विराटजंग शाही थापा र दीपक खतिवडाले अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्यानलमा रहेर निर्वाचन जिते पनि उनीहरू पूर्वअध्यक्ष गणेश थापाको प्यानलमा लागेका थिए।

त्यसो त नेम्बाङलाई निर्वाचन जित्नका लागि थापा पक्षको सहयोग थियो। २०७२ को कात्तिकमा फिफाले पूर्वअध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध लगाउदा उनका जेठा छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त केसमा मुछिएका थिए। एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो। त्यसपछि एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.