Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

हेटौंडा सिमेन्ट ४ वर्षमा ८० करोड घाटामा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • साउन २२, २०७९ मा प्रकाशित

निजी उद्योगले धमाधम नाफा कमाउादा सार्वजनिक उद्योग निरन्तर घाटा

मकवानपुर । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो चार वर्षमा करिब ८० करोड रुपैयाँ घाटा बेहोरेको छ । उत्पादित सिमेन्ट बिक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । बर्सेनि घाटाले उद्योगको ऋण भने करिब २० करोड रुपैयाँ पुगेको छ ।

उद्योगले आर्थिक वर्ष ०७८/७९ मा करिब साढे २३ करोड रुपैयाँ घाटा बेहोरेको छ । गएको आर्थिक वर्षमा एक अर्ब २२ करोड रुपैयाँ आम्दानी गरेको उद्योगले एक अर्ब ३९ करोड खर्च गरेको छ । उद्योगमा उत्पादित करिब तीन लाख बोरा सिमेन्ट बिक्री नभएर गोदाममै थन्किएको छ । उद्योगले ०७८/७९ मा १९ लाख बोरा सिमेन्ट उत्पादन गरेको थियो । उद्योगले त्यसअघि ०७५/७६ मा एक करोड ५ लाख, ०७६/७७ मा २३ करोड ८२ लाख, ०७७/७८ मा थप १७ करोड चार लाख रुपैयाँ नोक्सान भएको थियो । महाप्रबन्धक वसन्त पाण्डेका अनुसार आर्थिक वर्ष ०७४/७५ मा भने उद्योगले १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । ‘त्यसयता उद्योग निरन्तर घाटामा छ,’ उनले भने ।

उद्योगले सिमेन्ट बिक्री बढाउन स्थानीय तहसँग समन्वय गरेको थियो तर निजी उद्योगले सिमेन्टको मूल्य घटाएपछि हेटौंडाको उत्पादन बिक्री हुन गाह्रो भयो ।

बजारसँग प्रतिस्पर्धा गर्न उद्योगले हाल सिमेन्ट प्रतिबोरा ७ सय ४६ रुपैयाँ ९३ पैसामा बिक्री गरिरहेको छ, जुन उत्पादन लागतभन्दा बोरामै एक सय ५३ रुपैयाँ ७ पैसा कमी हो । उद्योगलाई एक बोरा सिमेन्ट उत्पादन गर्न करिब ९ सय रुपैयाँ लाग्ने गरेको छ । उद्योग बीचबीचमा बन्द हुने अवस्थाबाट गुज्रिएका कारण पनि समस्या भएको महाप्रबन्धक पाण्डे बताउँछन् । ‘सिमेन्ट उत्पादन गर्ने मेसिन जीर्ण भइसकेको छ । पटक–पटक बिग्रिने र पूर्ण क्षमतामा सञ्चालन गरेर उत्पादन गर्न नसक्ने अवस्था छ,’ उनले भने ।

महाप्रबन्धक पाण्डे उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या समाधान गर्न र निजी उद्योगसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने बताउँछन् । ‘बिग्रिएको मेसिन मर्मत गरे पनि केही न केही समस्या आइहाल्छ,’ उनले भने । नयाँ मेसिन थप्न सरकारलाई धेरै पटक उद्योगले आग्रह गरे पनि सुनुवाइ नभएको पाण्डेले बताए । उद्योगमा स्थापनाको समयदेखिकै मेसिन छ । ‘पुरानो मेसिनको उत्पादन क्षमता कमजोर छ । त्यसले बिजुली खपत पनि बढी गरिरहेको छ । उद्योगका लागि अत्याधुनिक मेसिन चाहिएको छ,’ पाण्डेले भने । उद्योगमा नयाँ मेसिन थपेर लागत घटाउँदै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न जरुरी रहेको उनको भनाइ छ । हेटौंडा सिमेन्ट उद्योग करिब १ सय १ बिघा क्षेत्रफलमा फैलिएको छ । कान्तिपुरबाट साभार

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.