Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ‘पेट सिटीस्क्यान’ सेवा सुरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ १७, २०७९ मा प्रकाशित

विर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ ।

दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका मेडिकल निर्देशक डा वीरेन्द्र यादवले भने, “पेट सिटी स्क्यान’ को सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि भारतलगायत छिमेकी मुलुक जानुपर्ने अवस्थामा लगभग अन्त्य हुनेछ ।”

क्यान्सर रोगी केही नेपाली बिरामीहरु उपचारका लागि भारतलगायत अन्य मुलुकमा जाने जनाइएको छ । उनले भने, “अब हामीले नै पेट सिटी स्क्यानको सेवा न्यूनतम शुल्कमा दिएपछि बाहिर मुलुकमा उपचारका लागि जानु पदैन ।” उनका अनुसार ‘पेट सिटी स्क्यान’ उपकरणले क्यान्सर रोगको अवस्थाबारे जानकारी गराउने र यसले गर्दा क्यान्सरको उपचार गर्न सजिलो हुन्छ ।

“क्यान्सर कति फैलिएको छ । उपचारपछि निको कति भयो, भएन । सबै कुराको थाहा उपकरणबाट पत्ता लाग्ने गर्दछ”, भारतको मेदान्त अस्पतालमा सेवा गरिसकेका डा.यादवले भने, “उपकरण सञ्चालन भएपछि अब जस्तोसुकै क्यान्सरको उपचार हामी गर्न सक्दछौँ ।” क्यान्सर अस्पतालमध्ये पहिलोपटक पूर्वाञ्चल क्यान्सर अस्पतालाले ‘पेट सिटी स्क्यान’ सेवाको सुरुआत गरेको हो ।

रु ४५ हजारमा ‘पेट सिटी स्क्यान’

अस्पतालले अन्य ठाउँभन्दा सस्तोमा ‘पेट सिटी स्क्यान’ सेवा दिने भएको अस्पतालका निर्देशक डा.यादवले बताए । ‘पेट सिटी स्क्यान’ सेवा अस्पतालले ६० हजारमा उपलब्ध गराए पनि अहिले दुई महिनासम्म बिरामीलाई रु ४५ हजारमै उपलब्ध गराउने उनको भनाइ छ । भारतमा ‘पेट सिटी स्क्यान’ सेवाका लागि जाँदा करिब रु पाँच लाखसम्म खर्च हुने गरेको छ ।

‘पेट सिटी स्क्यान’ सेवाका लागि ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । उक्त रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकाताबाट खरिद गरेको दुई घण्टामा झापाको बिर्तामोडमा उक्त ‘रेडियो आइसोटोप’ आइपुग्ने र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने अस्पतालका निर्देशक डा.यादवले जानकारी दिए ।

कोलकाताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा ‘रेडियो आइसोटोप’ ल्याइने गरिन्छ । ‘पेट सिटी स्क्यान’ उपकरण सञ्चालन गर्ने अस्पतालका न्युुक्लियर मेडिसिन विभागका प्रमुख डा.रितेश उपाध्यायले क्यान्सरको उपचारका गर्दा पटक–पटक ‘पेट सिटी स्क्यान’ गर्नुपर्ने जानकारी दिए ।

उनका अनुसार क्यान्सरको उपचार थालनी गर्नुपूर्व, उपचारको बीचमा र उपचारपछि निको भयो कि भएन भनेर ‘पेट सिटी स्क्यान’ उपकरणबाट परीक्षण गर्ने गरिन्छ । “क्यान्सर उपचारपछि निको भयो कि भएन । उपचारलाई परिवर्तन गर्नुपर्ने हो वा होइनसमेत ‘पेट सिटी स्क्यान’बाट थाहा हुन्छ”, डा.उपाध्यायले भने, “‘पेट सिटी स्क्यान’ अन्य रोगको पनि उपचारका लागि पनि प्रयोग गरिन्छ ।”

उनले क्यान्सरको उपचारका लागि ‘पेट सिटी स्क्यान’ अनिवार्य रहेको भन्दै शरीरको पूरै भागको स्क्यान गरी क्यान्सरको अवस्था पत्ता लाग्ने बताए । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले दैनिक १०–१२ जनाको ‘पेट सिटी स्क्यान’ सेवा दिनसक्ने बताए ।

उनले आजदेखि ‘पेट सिटी स्क्यान’ सेवा सुरु गरे पनि आइतबारदेखि नियमितरूपमा सुरु गर्ने जानकारी दिए । उनका अनुसार २५ क्यान्सर बिरामीको ‘पेट सिटी स्क्यान’ गर्न तयारी गरिएको छ । अस्पतालमा दैनिक एक सय २५ जना क्यान्सरका बिरामी आउने गरेका छन् । अस्पतालम काठमाडौँ लगायत देशका अन्य क्षेत्रबाट बिरामी आउने गरेका छन् । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.