Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

श्रीलंकासँग भारत ६ विकेटले पराजित

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २२, २०७९ मा प्रकाशित

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९।५ ओभरमा ६ विकेट वाकी राख्दै पुरा ग¥यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाउँदा पथुम निसंकाले ५२ रनको योगदान गरे ।

दासुन शनाका र भानुका राजापक्षले नटआउट रहँदै क्रमशः ३३ र २५ रन बनाए । भारतका लागि युजवेन्द्र चहलले ३ र रविचन्द्रन अश्वीनले १ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए । ४१ बलमा उनले ५ चौका र ४ छक्काको मद्दतमा उक्त योगफल बनाएका हुन् ।

सूर्यकुमार यादवले ३४ रन बनाउँदा ऋषभ पन्त र हार्दिक पाण्डयाले १७÷१७ रन बनाए । पूर्व कप्तान विराट कोहली भने शून्यमै पेभेलियन फर्किएका थिए ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै चमिका करुणारत्ने र दासुन शनाकाले २÷२ विकेट लिए भने महेश थीक्सानाको नाममा १ विकेट रह्यो ।

समूह चरणको खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको भारत यसअघि सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले नै पराजित भएको थियो ।

सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

सुपर ४ मा श्रीलंका २ खेल जित्दै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । पाकिस्तान २ अंकसहित दोस्रो स्थानमा छ ।

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.