Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

संसदकाे कार्यकाल लम्ब्याउने प्रस्तावबाट पछि सरकार हट्यो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २२, २०७९ मा प्रकाशित

काठमाडौं । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले उक्त विधेयक पारित गरेको हो ।

बैठकमा ११ जना सांसदले विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । जसमा ६ जना सांसदको संशोधन प्रस्तावबारे कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्माले जवाफ दिने क्रममा सम्बोधन गरेको भन्दै उनीहरुले विधेयकका केही बुँदामा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका छन् । सांसद शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, प्रकाश रसाइली, अतहरकुमाल मुसलमान र रामकुमारी चौधरी र बिन्दा पाण्डे संशोधन प्रस्ताव फिर्ता लिएका हुन् ।

त्यसैगरी ५ जनाले राखेको संशोधन प्रस्ताव फिर्ता लिनका लागि सभामुख अग्निप्रसाद सापकोटाले अनुरोध गरे पनि संशोधनकर्ताले फिर्ता नलिएपछि उनीहरुले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका छन् । जसमा सांसद विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका हुन् ।

सरकारले ल्याएको विधेयकका केही बुँदामध्ये संसदको कार्यकालसम्बन्धी प्रस्तावमा सांसदले विरोध गर्दै संशोधन प्रस्ताव दर्ता गराएका थिए । त्यसमा कानुनमन्त्री शर्माले संशोधन प्रस्ताव स्वीकार गरेका थिए । कानुनमन्त्रीले विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरेपछि अधिकांश संशोधनकर्ताले संशोधन प्रस्ताव फिर्ता लिएका हुन् ।

संसदको कार्यकाल थप्ने सरकारको प्रस्तावको नेकपा एमालेले र सत्ता गठबन्धनकै केही नेताले विरोध गरेका थिए । यस्तै, निर्वाचन आयोगले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो । प्रतिनिधि सभाको अर्को बैठक भदौ २२ गते बुधबार दिउँसो १ बस्नेगरी स्थगित भएको छ ।

कानुनमन्त्री शर्माले संशोधन स्वीकार गरेपछि गणपुरक संख्या नपुगेका कारण पहिलो बैठकबाट विधेयक पारित हुन सकेन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए । कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा एक चौथाई अर्थात ६९ सांसद उपस्थितिमा ५८ मात्र रहेको पाइएपछि बैठक १५ मिनेटलाई स्थगित भएको थियो । मंगलबार नै बसेको दोस्रो बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

प्रतिनिधि सभाबाट बहुमतले पारित भएको केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ । राष्ट्रिय सभाले पनि बहुमतले पारित गरेको उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जानेछ । राष्ट्रपतिले प्रमाणीकरण गरे लगत्तै उक्त विधेयक ऐनका रुपमा लागू हुनेछ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved