Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व हो : प्रधानमन्त्री देउवा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २३, २०७९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष यो दिवस साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ मनाउन लागिएको छ । साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको देउवाले उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाको विभिन्न प्रयासको बाबजुद अझै एकतिहाइ जनता निरक्षर अवस्थामा रहनुले हामीले आगामी दिनमा साक्षरता अभियानलाई अझै प्रभावकारीरूपमा निरन्तर अघि बढाउनुपर्ने खाँचो रहेको औँल्याए । उनले सन्देशमा भनेका छन्– शिक्षा गुणस्तरीय जीवनको आधारशीला हो । शिक्षाको बहुआयामिक महत्वलाई आत्मसात् गर्दै हाम्रो संविधानले शिक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र भौतिक पूर्वाधारको विकासको आधारशिलाको रूपमा लिइने शिक्षालाई विश्वभर मानव जीवनका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यमको रूपमा स्वीकार गरिएको छ ।

“सरकारले शिक्षाको गुणस्तरमा सुधार गर्दै आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको छ,” उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक र प्राविधिक शिक्षाको प्रवद्र्धन गर्दै देशको समग्र विकासका लागि आवश्यक जनशक्ति मुलुकभित्रै उत्पादन गर्न जोड दिनुपर्ने स्थिति रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले शिक्षाको माध्यमबाट नवप्रवर्तन र स्वरोजगारीलाई प्रवद्र्धन गर्दै शैक्षिक बेरोजगारीको सङ्ख्या कम गर्ने तथा शिक्षालाई राष्ट्र, समाज र व्यक्तिको चौतर्फी विकासका लागि उपयोगी र सहयोगी हुने किसिमले अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

कोभिड–१९ को महामारीले वैकल्पिक व्यवस्थापन गरी सिकाइलाई निरन्तरता दिनुपर्ने कुरा सिकाएको सन्दर्भमा विभिन्न वैकल्पिक माध्यमबाट दिगो विकासअन्तर्गतका शैक्षिक लक्ष्य हासिल गर्न सबैले थप प्रयास गर्नुपर्ने देखिएको उनले भनाइ छ ।

प्रधानमन्त्री देउवाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सबैको आवश्यक सहयोग रहने विश्वासका साथ दिवसको पूर्ण सफलताको कामना गरेका छन् ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved