Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीले सबै खेलमा भाग लिने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • भदौ २७, २०७९ मा प्रकाशित

गण्डकी, भदौ २७ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेलाडीले प्रतिस्पर्धामा भाग लिने परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए । उनका अनुसार छनोटमा परेका खेलाडीलाई १५ दिन विशेष र १५ दिन बन्द प्रशिक्षणमा राख्ने तयारी भइरहेको छ । “बन्द प्रशिक्षणका लागि बजेट प्रबन्ध गर्न प्रदेश सरकारसँग माग गरिरहेका छौँ”, उनले भने, “खेलाडीले व्यक्तिगतरूपमा पनि अभ्यास थालिसकेका छन् ।” पोखरा बाहिर हुने खेलका लागि सम्बन्धित जिल्लामै बन्द प्रशिक्षण राखिने उनले बताए ।

मन्त्रालयबाट बजेटको सुनिश्चितता हुनासाथ बन्द प्रशिक्षण र प्रतियोगिताको अरु तयारीले तीव्रता पाउने सदस्यसचिव गुरुङले उल्लेख गरे । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता सञ्चालन हुँदैछ ।

प्रतियोगितामा एथलेटिक्स, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्न्यास्टिक, कबड्डी, भारोत्तोलन, सुटिङ र पौडी समावेश छ । यस्तै ह्यान्डबल, जुडो, कुस्ती, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, चेस, खोखो, कराते, आइटीएफ तेक्वान्दो, सेपाकटाक्रो, गल्फ, फुल कन्ट्यान्ट कराते, आर्चरी, फेन्सिङ, साइक्लिङ, ट्रायथलन, रग्बी र प्याराग्लाइडिङ प्रतियोगिता हुनेछ । ठेलो र क्यानोइङलाई भने प्रदर्शनी खेलका रूपमा राखिएको जनाइएको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीयसहित गैरआवसीय नेपाली सङ्घ (एनआरएन) टिमले प्रतिस्पर्धा गर्नेछ । चार दशकपछि पोखरामा दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि राष्ट्रिय खेलकुदको दोस्रो संस्करण विसं २०४० चैत १२ देखि २० गतेसम्म पोखरामै आयोजना गरिएको थियो । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.