Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

म्याग्दीका २१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २, २०७९ मा प्रकाशित

म्याग्दी । म्याग्दीका २१ विद्यालय चालु आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९ भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट देशभर कार्यक्रम सञ्चालन हुने विद्यालयको विवरण सार्वजनिक गरेको थियो। जसअन्तर्गत म्याग्दीका २१ विद्यालयले भौतिक तथा शैक्षिक सुधारका लागि रु पाँच करोड ५३ लाख बजेट प्राप्त गरेका हुन्।

६ वटा विद्यालयमा चारकोठे भवन, सात वटामा दुईकोठे र १२ वटामा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएका हुन्। चारकोठे भवनका लागि रु ५० लाख, दुईकोठेलाई रु २५ लाख र सूचना प्रविधि प्रयोगशालाका लागि रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ।

रघुगङ्गा गाउँपालिका–२ को मुक्तिधाम मावि, मालिका–२ रुमको राष्ट्रिय मावि, अन्नपूर्ण–१ दोवाको कैलाश मावि, धवलागिरि–७ धारापानीको किसानी चन्द्रकुन्ता मावि, मङ्गला–१ कुहुँको दिपशिखा मावि, बेनी नगरपालिका–७ को प्रकाश माविले चारकोठे भवन योजना पाएका छन्।

दुईकोठे भवनमा छनोट हुने विद्यालयमा बेनी नगरपालिका–७ को बेनी सामुदायिक मावि, बेनपा–४ को धवलागिरि मावि, मङ्गला–४ बरंजाको महेन्द्ररत्न आधारभूत, धवलागिरि–७ को ताकम मावि, अन्नपूर्ण–५ को पाउद्धार मावि, मालिका–६ को मालिका आधारभूत र रघुगङ्गा–३ को रघुगङ्गा मावि छन्।

रघुगङ्गा–३ को ज्ञानोदय मावि, रघुगङ्गा–१ को महादेव मावि, मालिका–३ को अमरज्योति मावि, मालिका–७ बिमको किसानी मावि, अन्नपूर्ण–७ रिमाको आदर्श मावि, अन्नपूर्ण–६ घारको मुक्तिमार्ग मावि, धवलागिरि–४ खिवाङको चन्द्रज्योति मावि, धवलागिरि–७ को हेम मावि, मङ्गला–२ को सिद्धशान्ति मावि र मङ्गला–१ को राष्ट्रिय जनजागृति माविले सूचना प्रविधि प्रयोगशालाको कार्यक्रममा छनोट भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वित्तीय हस्तान्तरण गरेपछि स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन हुने कार्यविधि छ। सामुदायिक विद्यालयको पूर्वाधार र सूचना प्रविधिको पहुँच विस्तारमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। मन्त्रालयले गत साउन महिनामा कार्यक्रममा समावेश हुन चाहने विद्यालयबाट प्रस्ताव सङ्कलन गरेको थियो। -रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.