Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मेस्सीको अन्तिम विश्वकप

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २५, २०७९ मा प्रकाशित

काठमाडौं । अर्जेन्टिनाका विश्वप्रशिद्ध फुटबल कप्तान लियोनल मेस्सीले अर्को महिना हुने कतार विश्वकप सन् २०२२ आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। सात पटकका वालोन डी’ओर विजेता मेस्सी ३५ वर्ष पुगिसकेका छन्। सन् २००६ मा पहिलो पटक विश्‍वकप खेलेका मेस्सीले चारवटा विश्वकप खेलिसकेका छन् तर पनि उनी उपाधीविहीन छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको फाइनलमा जर्मनीसँग १-० गोल अन्तरले पराजित भएर विश्व च्याम्पियन हुने मौका गुमाएको थियो। बढ्दो उमेरका कारण उनले अर्को पटकको विश्वकपमा सहभागी जनाउन नसक्ने र यो विश्वकप नै आफ्नो अन्तिम रहेको बताएका छन्।

पहिलो पटक आफ्नो भविष्यको बारेमा स्टार प्लससँग कुरा गर्दै उनले आफ्नो अन्तिम विश्वकप रहेको बताएका हुन्। उनले भने ʻयो विश्वकप मेरो अन्तिम विश्वकप हो। हो यो साँचो हो, म विश्वकप आउने दिन पर्खिरहेको छु। विश्वकपलाई लिएर म केही नर्भस पनि छु किनकी मैले यसको बारेमा धेरै सोचेको छु।ʼ

मेस्सीले विश्वकपमा अर्जेन्टिना बलियो टिम रहेको तर प्रतियोगितामा नतिजा जे पनि हुन सक्ने बताए। उनले भने, ʻविश्वकप हो, त्यहाँ जे पनि हुन सक्छ, सबै खेलहरु धेरै प्रतिस्पर्धात्मक हुन्छन्। हामी प्रतियोगितामा बलियो टिम त हौं तर सधैं त्यसले जित्छ भन्‍ने पनि हुँदैन्।ʼ त्यस्तै उनले आफ्नो टिमलाई अरुजस्तै सामान्य रहेको र इतिहास हेर्दा आफूहरु सधै बलियो रहेको दाबी गरेका छन्।

उनले भने, ʻमलाई थाहा छैन यसपटक हामी प्रतियोगिताको दाबेदारी टिम हो की होइनौं? हाम्रो इतिहास हेर्ने हो भने हामी सधैं यस प्रतियोगिताको दाबेदार टिम रहँदै आएका छौं। पछिल्लो समय हामीहरु उच्च लयमा रहेको कारण स्वत: हामीमाथी सबैले नजर राखेका छन्। तर मलाई आफ्नो टिम अरु जस्तै सामान्य लागेको छ, हामीमा कुनै त्यस्तो गुण केही पनि छैन।ʼ

अर्जेन्टिनाले अहिलेसम्म दुईपटक विश्वकपको उपाधि जितिसकेको छ। उसले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो।

त्यस्तै मेस्सीले विश्वकपको लागि आफू शारीरिक र मानसिक रुपमा सक्षम रहेको र अर्जेन्टिनाको जर्सिमा धेरै खेल खेलिसकेको कारण प्रतियोगितामा धेरै समस्या नहुने बताए। उनले भने, ʻम शारीरिक र मानसिक रुपमा फिट छु। मैले जारी सिजन पनि राम्रो प्रदर्शन गरिरहेको छु, जसले गर्दा म मानसिक रुपमा फिट छु। मैले अर्जेन्टिनाको जर्सीमा धेरै खेल खलिसकेको छु। जसले गर्दा अब म जस्तो अवस्थामा पनि देशका लागी खेल्न सक्छु। देशबाट खेल्ने क्रममा केही समयहरु धेरै राम्रा पनि आए जस्तैः सन् २०१४ विश्वकप, सन् २०१४/१५ मा कोपा अमेरिका फाइनल खेल्यौं तर हामी त्यहाँ विजेता बन्‍न सकेनौं, जसकारण हाम्रो धेरै आलोचना पनि भयो।ʼ

अर्जेन्टिनाप्रति आफ्नो माया धेरै रहेको र अर्जेन्टिनाका मानिसहरुले आफ्नो टिमलाई समर्थन गरेको देख्दा उत्साहित रहेको बताए। उनले भने, ʻम अर्जेन्टिनालाई कति माया गर्छु, त्यसलाई व्यक्त गर्न सक्दिनँ। म यस्तो ऐतिहासिक देशमा जन्मिएकोमा धेरै आभारी छु। देशबाट खेल्दाका ती तिता-मिठा अनुभवहरु मेरा लागि धेरै विशेष छन्। मेरो अन्तिम विश्वकप सबै अर्जेन्टिनाका मानिसहरुले विशेष महत्तवका साथ हेर्नेछन्। उनीहरुप्रति म धेरै आभार व्यक्त गर्न चाहान्छु। अर्जेन्टिनाका जनताहरु हाम्रा लागि धेरै कुराहरुको त्याग गर्न तयार छन्, उनीहरुले हाम्रो टिमप्रति धेरै विश्वास गरेका छन्। उक्त विश्वासलाई हामी पनि तोड्न चाहादैनौं, उनीहरुको समर्थन देखेर म विश्वकप आउने दिन गन्दै उत्साहित छु।ʼ

सन् २०२४ नोभेम्बर २० बाट सुरु हुने विश्वकपको ग्रुप सी मा रहेको अर्जेन्टिनासँगै साउदी अरबिया, पोल्यान्ड र मेक्सिको रहेका छन्। पछिल्लो समय लगातार ३५ खेलमा अपराजित रहेको अर्जेन्टिना उच्च मनोबलका साथ कतारको मैदानमा उत्रिँदै छ।

म्यारोडोनासँगको तुलना

डीएगो म्यारोडोना।

अर्जेन्टिनामा डिएगो म्याराडोनालाई सबैभन्दा महान खेलाडी मानिन्छ। उनले अर्जेन्टिनाका लागि एउटा विश्वकप र कोपा अमेरिका जितेका छन्। सन् २०२० नोभेम्बर २५ मा उनको क्यान्सरका कारण मृत्यु भइसकेको छ। तत्कालीन समय विश्वका सबैभन्दा लोकप्रिय मानिएका म्याराडोनापछि अर्जेन्टिनामा अर्का महान खेलाडीका रुपमा मेस्सीलाई मानिएको छ।

आफ्नो खेल शैली तथा गोल गर्ने कौशलले गर्दा विश्वभर चर्चा कमाएका मेस्सीले स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पीएसजीमा कैयौ सफलता हात पारिसकेका छन्। व्यवसायिक फुटबलमा धेरै सफल बनेका मेस्सीको अन्तराष्ट्रिय करियर त्यति सफल छैन। सन् २०२१ को कोपा अमेरिका जित्‍नुबाहेक मेस्सीले अर्जेन्टिनाका लागि केही खास गर्न सकेका छैनन्। व्यक्तिगत अवार्ड तथा क्लबमा उपाधिले सम्पन्‍न मेस्सी यसपटकको अन्तिम विश्वकपमा च्याम्पियन बन्दै अर्जेन्टिनाको इतिहासमा बस्‍न चाहान्छन्।

व्यवसायिक फुटबलको सफलतालाई आधार मानेर मेस्सीलाई म्याराडोनासँग तुलना पनि गरियो। कतिपयले त मेस्सी अझै महान हो, समेत भने। तर यसै प्रसंगमा अर्जेन्टिनाकै अर्का फुटबल लिजेन्ड बाटिटुस्टाले मेस्सीको व्यवसायिक सफलता देखेर म्याराडोनासँग तुलना गर्नु गलत रहेको बताएका थिए। ʻमेस्सी व्यवसायिक क्षेत्रमा हेर्दा सफल छन्, त्यसबाहेक उनी एक उत्कृष्ट खेलाडी हुन्। तर उनको तुलना म्याराडोनासँग गर्नु गलत हो। म्याराडोना अर्जेन्टिनाका मानिसका लागि भगवानसरह हुन्। उनले देशको फुटबल विकासमा ठूलो योगदान दिएका छन्। उनी विश्व च्याम्पियन हुन्। उनको र मेस्सीको तुलना हुँदैन,ʼ बाटिस्टुटाले भने। तर उनले मेस्सीले विश्वकप जितेको अवस्थामा मेस्सी म्याराडोनाको स्तरमा हुने बताएका छन्।

देशका लागि विश्वकप नजितेको भन्दै मेस्सीको आलोचना पनि हुने गर्छ। त्यसै प्रसंगमा सञ्‍चामाध्यमसँग कुरा गर्दै मेस्सीले विश्वकप जित्‍ने आफ्नो एउटा मात्र सपना रहेको बताएका छन्। उनले भने ʻअर्जेन्टिनाबाट एउटा विश्वकप जित्‍नु मेरो सपना हो। म सधैं पनि यसको बारेमा सोची रहेको हुन्छु। म खेलुञ्‍जेलसम्म जहिल्यै पनि यो उपाधि जित्‍नका लागि प्रयास गरिरहने छु।ʼ

म्याराडोनाले सन् १९८२, १९८६, १९९० र १९९४ गरी चारवटा विश्वकप खेले। त्यसमध्ये सन् १९८६ को विश्वकपको उपाधि जित्दै म्याराडोना अर्जेन्टिनाको सदावहार महान खेलाडीमा आफ्नो नाम लेखाए। उक्त प्रतियोगितामा हातले गोल गर्दै म्याराडोनाले उपाधि जिताए, जसलाई ह्यान्ड अफ गडको उपनाम पनि दिइएको छ।

म्याराडोनाले सन्यास लिएपछि फेरि पनि फुटबलले म्यारोडोनाजस्तो महान खेलाडी नपाउने अनुमान धेरैले गरेका थिए। मेस्सीले भने, ʻम्यारोडोना अर्जेन्टिनामा मात्रै नभइ सिंगो फुटबल इतिहासकै महान खेलाडी हुन्। उनको तुलना कोहीसँग पनि हुदैन। कतिपयले मलाई म्याराडोनाभन्दा महान भन्छन्, तर मेरो तुलना म्याराडोनासँग कहिल्यैं पनि हुँदैन,उनी मेरोलगायत पूरा अर्जेन्टिनाका लागि भगवान हुन्।ʼ

मेस्सीलाई यसपटकको विश्वकप जितेर अर्जेन्टिनाको मात्रै नभइ विश्व फुटबल इतिहासकै महान खेलाडी बन्‍ने मौका रहेको छ। उनले सहभागिता जनाएको प्रतियोगितामध्ये विश्वकपबाहेक सबैको उपाधि जितिसकेका छन्।
(गोल नेपाल र बीबीसीको सहयोगमा तयार पारिएको सामग्री।)

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.