काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दुई हजार २२२ वटा नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको ५७५ पुगेको मन्त्रालयले जनाएको छ ।























