Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • अशोज २९, २०७९ मा प्रकाशित

पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन्  । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए ।

“वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरूले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा गर्नु परिरहेको छ”, उनले भने, “सरकारले यस क्षेत्रमा अपेक्षाकृत लगानी वृद्धि गर्न सकिरहेको छैन ।” सरकार, राखेप, खेल सम्बद्ध सङ्घ संस्था, खेलाडी र सरोकारवाला सबैले संकल्प गर्नुपर्ने बताउँदै उनले भने, “हामी संकल्प गरौँ । खेलकुदमा लगानी वृद्धि गर्नेछौँ, सुविधायुक्त पूर्वाधार निर्माणमा ढिलाइ गर्ने छैनौँ, खेलाडी र प्रशिक्षकको समस्या समाधान गर्ने छौँ, राष्ट्रलाई सर्वोपरीमा राखेर खेल प्रदर्शन गर्ने छौँ । किनकी साझा प्रयासबिना यसको विकास कठिन हुन्छ ।”

राष्ट्रिय खेलकुद खेलाडी, सम्बद्ध पदाधिकारी र समर्थकका लागि यो ठूलो महोत्सव भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले ४१ वर्षअघि भएको राष्ट्रिय खेलकुदको प्रथम संस्करणबाट यहाँसम्म आइपुग्दा नेपाली खेलकुदले थुप्रै उतारचढावहरू पार गरेको बताए । वर्तमानमा आइपुग्दा थुप्रै कीर्तिमान बनेको, अवसर सिर्जना भएका, चुनौतीहरु पन्छिदै गएका र सम्भावनाहरू देखिएको बताउँदै उनले भौतिक पूर्वाधार निर्माण हुँदै गएको र राष्ट्रिय खेलकुद आयोजना हुने सहरले आफूलाई फेर्ने अवसर पाएको बताए ।

खेलकुद आम नेपालीहरुको लागि चाँँसो र प्राथमिकताको विषय बनेको बताउँदै उनले यसप्रतिको सोचमा निकै सकारात्मक परिवर्तन आएको उल्लेख गरे । राष्ट्रिय खेलकुदले विविध चुनौती पनि भोगिरहेको बताउँदै उपराष्ट्रपति पुनले हरेक संस्करणमा केही नयाँ गर्दै आएको बताए ।

राष्ट्रिय खेलकुद हजारौँ खेलाडीको खेल जीवनको भविष्यसँग जोडिएको हुन्छ भन्दै उपराष्ट्रपतिले यो आफ्नो क्षमता र प्रतिभा राष्ट्र सामु प्रदर्शन गर्ने, राष्ट्रले नयाँ प्रतिभा जन्माउने र किर्तिमानहरु सिर्जना हुने प्रमुख अवसर भएको बताए । राष्ट्रिय खेलकुदको आयोजनाले भौतिक पूर्वाधारको विकास हुने बताउँदै उनले यसबाट राष्ट्रको समृद्धिको यात्रामा महत्वपूर्ण योगदान पुग्ने र यस्ता अवसरमा हुने छलफल र भलाकुसारीबाट खेलकुद क्षेत्रका विकासका लागि नीतिगत रुपमा महत्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे ।

विश्वमा भ्रातृत्व, शान्ति र समझदारी विकासका लागि खेलकुद महत्वपूर्ण कडी भएको उल्लेख गर्दै उनले यो व्यक्तिगत विषय भन्दा पनि सिङ्गो समाज र राष्ट्रको महत्वपूर्ण चिनारी र पहिचान भएको बताए । अन्तर्राष्ट्रिय जगतमा देशको पहिचान र राष्ट्रिय चिनारी उचो बनाउन खेलकुदको व्यापक विकास आवश्यक रहेको बताउँदै उनले यो स्वास्थ्य, पहिचान, राष्ट्र, अनुशासन, समृद्धि र राष्ट्रिय एकताका लागि आवश्यक भएकोमा जोड दिए ।

पदक जित्नु मात्र नभई जिल्ला र प्रदेश तथा विभागबाट प्रतिस्पर्धा गर्दै राष्ट्रिय खेलकुदसम्म आइपुग्नु आफैमा ठूलो विजय भएको उल्लेख गर्दै उनले कुनै समय राष्ट्रिय खेलकुदका लागि छनौट भए पनि विविध कारणले आफू सहभागी हुन नपाएको स्मरण गरे । स्रोत र साधनको अभाव लगायतका विविध कठिनाइ भोगिरहे पनि नेपाली खेलाडीले देखाएको साहस र राष्ट्रलाई दिलाएको सफलता प्रशंसनीय भएको उनले बताए ।

खेलकुदबाट प्राप्त प्राविधिक शिक्षाको प्रमाणपत्रलाई औपचारिक शिक्षा सरह मानिनुपर्ने आवाज उठिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले यस विषयलाई गहिरो गरी मनन् गर्न, अध्ययन गर्न र निचोडमा पुग्न सरकारको ध्यानाकर्षण गराए । रासस

ताजा समाचारहरु

oppo_16

शिवमाई माविमा विद्यार्थीका गुनासा सार्वजनिक : खानेपानी, खेलमैद...

  • जेष्ठ २२, २०८३ मा प्रकाशित
FB_IMG_1780569810975

रामकुमार थेगिमको शंकास्पद मृत्युबारे एमाले फाकफोकथुमको ध्यानाक...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260124-WA0000

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको बिक्रीदर १५३ रुप...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
IMG-20260202-WA0001

न्यून चापीय प्रणाली सक्रिय : देशभर वर्षा र मेघगर्जनको सम्भावना

  • जेष्ठ २१, २०८३ मा प्रकाशित
FB_IMG_1780538340936

इलाममा ‘सामी’ कार्यक्रमअन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा ...

  • जेष्ठ २१, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.