Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपालकाे व्यापार घाटा तीन खर्ब ५९ अर्ब

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • कार्तिक १३, २०७९ मा प्रकाशित

काठमाडौ । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरण अनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ।

सो अवधिमा देशको कूल व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागले जनाएको छ। यस्तै, सो अवधिमा कूल निर्यात ४१ अर्ब ८२ करोड बराबरको भएको छ।

आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालू आवको तीन महिनामा कूल व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ। गत आवमा कूल रु पाँच खर्ब ४३ अर्ब ५७ करोड बराबरको व्यापार भएकामा यस आवको तीन महिनामा मात्रै चार खर्ब ४२ अर्ब ८१ करोड बराबरको मात्रै व्यापार भएको छ। यस आधारमा गत आवको तीन महिनाको तुलनामा चालू आवको तीन महिनामा १८ दशमलव ५४ प्रतिशतले ओरालो लागेको हो।

गत आवमा चार खर्ब ७८ अर्ब ५२ करोड बराबरको माल वस्तु आयात भएकामा चालू आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आई चार खर्ब ९९ करोड बराबरको माल सामान आयात भएको हो।

यस्तै, गत आवको तीन महिनामा ६५ अर्ब पाँच करोड बराबरको माल वस्तु निर्यात भएकामा चालू आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड बराबरको वस्तु निर्यात भएको हो । रासस

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved